बैकिङ कसुर मुद्दामा दोषि ठहर एक महिला तनहुँमा पक्राउ

बैकिङ कसुर मुद्दामा दोषि ठहर एक महिला तनहुँमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ माघ २०८०
  • 9.3K
    Shares

बैकिङ कसुर मुद्दामा दोषि ठहर तनहुँकी सावित्री भट्टराई

पोखरा, ११ माघ २०८० /

बैकिङ कसुर मुद्दामा दोषि ठहर एक महिला तनहुँमा पक्राउ परेकी छिन। शुक्लागण्डकी नगरपालिका–८ की सावित्री भट्टराईलाई तनहुँस्थित ईलाका प्रहरी कार्यालय बेलचौताराले पक्राउ गरेको हो ।

उच्च अदालत पोखराले गतबर्ष माघ ११ गते भट्टराईलाई बैकिङ कसुर मुद्दामा दोषि ठहर गर्दै लगत नं. ८२७ मा रु.३ लाख ५८ हजार ६००, लगत नं.८२८ मा १६ लाख ६५ हजार ५००, लगत नं. ८२९ मा ७ हजार ७०० र लगत नं. ८३० मा १ लाख ५३ हजार गरी कुल २१ लाख ८४ हजार ८०० जरीवाना लगाएको थियो ।
उक्त जरिवाना नतिरि भट्टराई फरार रहेकी थिईन् । फरार रहेको एक बर्षपछि भट्टराईलाई प्रहरीले पक्राउ गरेर तनहुँ जिल्ला अदालत पेश गरिएको ईलाका प्रहरी कार्यालय बेलचौताराका गणेश सुवेदीले बताए ।

प्रतिक्रिया