दिउसै मोबाइल खोसेर भागेका दुई बालक गोरखाबाट पक्राउ

दिउसै मोबाइल खोसेर भागेका दुई बालक गोरखाबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ माघ २०८०
  • 2.8K
    Shares

पोखरा, ९ माघ २०८० /

बच्चाले खेलाइरहेको मोबाइल खोसेर भागेका दुई बालकलाई प्रहरीले गोरखाबाट पक्राउ गरेको छ। गोरखा नगरपालिका वडा नम्बर ११ स्थित १५ किलो भन्ने स्थानमा साराला श्रेष्ठको छोराले खेलाइरहेको मोबाइल गत शनिबार दिउसो तीन बजे खोसेर भागेको आरोपमा प्रहरीले दुई जना बालकलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका दुवै जना नाबालकहरु भएकाले उनीहरुको पहिचान खुलाएको छैन। तर उनीहरु १५ र १४ वर्ष उमेरका भएको प्रहरीले खुलाएको छ।

उनीहरु बिरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला अदालत गोरखामा चोरीको कसुर बिरुद्ध मुद्दा चलाएर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया