पोखरा, २ माघ २०८० /
आज एकाबिहानै त्रिशुली नदीमा खसेको भनिएको भारतीय नम्बर प्लेटको गाडी बोलेरो भएको खुलेको छ। सशस्त्र प्रहरीको बिपत ब्यबस्थापन कार्य दलका उद्धार कर्ता/गोताखोरहरुले पानी भित्र पसेर गरेको अनुसन्धानमा उक्त गाडी बोलेरो भएको खुलेको हो।
गाडीको खोजीका लागि माघ महिनाको चिसो पानीमा त्रिशुलीमा पसेका सशस्त्र प्रहरीका गोताखोर डिल्लीराम भट्टराइले उक्त गाडी बोलेरो भएको र गाडीको क्याबिन भित्र कोहि नदेखिएको जानकारी दिए। भट्टराइ संगै सशस्त्र प्रहरीकै गोताखोर मेखबहादुर गुरुङ गाडी पहिचानका लागि पानीमा पसेका थिए।
भारतीय गाडी एकाबिहानै मुग्लिङ-नारायणगढ सडकबाट त्रिशुलीमा खस्यो