तनहुँको मौरीबजारमा बस दुर्घटना : चालक र सहचालकसहित ३२ जना घाइते (नामावलीसहित)

तनहुँको मौरीबजारमा बस दुर्घटना : चालक र सहचालकसहित ३२ जना घाइते (नामावलीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १९ पुष २०८०
  • 14.7K
    Shares

तनहुँको मौरी बजारमा दुर्घटनाग्रस्त बस

पोखरा १९ पुष २०८०/

पोखरा आउंदै गरेको एक यात्रुबाहक बस आज बिहान तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा दुर्घटनाग्रस्त हुँदा ३२ जना उआत्रू घाइते भएका छन्। वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज बिहान सडकबाट खोलामा खस्दा ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

उक्त दुर्घटनामा परेर बस चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्ले बस्ने ३४ वर्षीय अन्तिम सुनार, सहचालक तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटार बस्ने ३२ वर्षीय सागर श्रेष्ठ पनि घाइते भएका छन्। त्यस्तै तनहुँको म्याग्दे गाउँपालिका–३ बस्ने ६० वर्षीय जुक्तबहादुर प्रधान, भारत घर भई हाल जिल्ला कास्की बस्ने २२ वर्षीय राजकुमार पण्डित, भारत घर भई कास्कीको पोखरा महानगरपालिका–१५ बस्ने ५० वर्षीय कमरुल मुस्लिम, ३० वर्षीय सक्रण चौधरी, ३५ वर्षीय पप्पु मियाँ, २५ वर्षीय मोहमद आरस, ३० वर्षीय रामकिशोर पटेल, ३४ वर्षीय नौसाद आलम, ३४ वर्षीय मौसिद आलम, पर्साको कालिकामाई गाउँपालिका–१ घर भई पोखरा बस्ने २३ वर्षीय जितेश यादव, भारत घर भई पोखरा बस्ने ४० वर्षीय करुण शेष,३५ वर्षीय थरजन गैठी, २० वर्षीय इरसाद गैठी घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

यसै गरी पर्साको बहुदरमाई नगरपालिका–८ घर भई पोखरा बस्ने २९ वर्षीय रामनिवास साह, २९ वर्षीय विजेश पटेल, २० वर्षीय सहादेव साह, पर्साको धोबिनी गाउँपालिका–५ घर भई पोखरा बस्ने १७ वर्षीय रुकदास आलम, २० वर्षीय नौसाद अनसारी, पर्साको धोबिनी गाउँपालिका–५ घर भई पोखरा बस्ने १७ वर्षीय सम्साद आलम, १० वर्षीय अवलेस अन्सारी, पोखरी नगरपालिका–३ बस्ने २९ वर्षीय मनिल चौरासिया, १२ वर्षीय जफरानी अन्सारी, १२ वर्षीया जस्मिन अन्सारी, १३ वर्षीय मरिमाया खातुन घाइते भएका छन् ।

यसैगरी सर्लाही गौडेटा नगरपालिका–११ घर भई पोखरा बस्ने ५३ वर्षीय कृष्ण देव, पर्साको छिपहरमाई गाउँपालिका–३ घर भई पोखरा बस्ने ४० वर्षीय गोपीलाल मुखिया, २९ वर्षीय बिललाल महतो, पर्साको कोटवरिया गाउँपालिका–९ घर भई पोखरा बस्ने २३ वर्षीय सरोजकुमार, भारत घर भई पोखरा बस्ने २३ वर्षीय राजु साह र १५ वर्षीय सिद्धी उमर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरु मध्ये १ जनाको अवस्था गम्भिर,१७ जनाको अवस्था मध्यम, १४ जनाको अवस्था सामान्य रहेको र निजहरुको गण्डकी अस्पताल पोखरा, मणिपाल शिक्षण अस्पताल पोखरा, जि. पी. कोईराला श्वास प्रश्वास उपचार केन्द्र तनहुँमा उपचार भईरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार