नेपालकै लामो झोलुङ्गे पुल ठानिएको झोलुङ्गे पुलबाट खसेर एक युवाको मृत्यु

नेपालकै लामो झोलुङ्गे पुल ठानिएको झोलुङ्गे पुलबाट खसेर एक युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ पुष २०८०
  • 31.5K
    Shares

नेपालकै लामो झोलुङ्गे पुल ठानिएको झोलुङ्गे पुल

पोखरा, ५ पुष २०८०/

नेपालकै लामो झोलुङ्गे पुल ठानिएको बागलुङ नगरपालिका-१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका-१ अदुवाबारी जोड्ने झोलुङ्गे पुलबाट खसेर बुधबार साँझ एक युवाको मृत्यु भएको छ। उक्त पुलबाट कालीगण्डकी नदी किनारमा खसेर बागलुङ नगरपालिका-४ रातमाटाका २२ वर्षीय शेर बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए।

पुलबाट १३८ मिटर तल कालीगण्डकी किनारमा खसेका थापाको घटनास्थलमै मृत्यु भएको डिएसपि केसीले बताए। थापाको शव पोष्ट्मार्टमको लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइएको प्रहरीले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार