आज गोवर्द्धन, बली, गोरु र हलि पूजा गरिँदै

आज गोवर्द्धन, बली, गोरु र हलि पूजा गरिँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ कार्तिक २०८३
  • 817
    Shares

पोखरा, २४ कार्तिक २०८३।

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरिँदैछ।

आँगन लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ। द्वापरयुगमा श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा यो पूजा गर्ने चलन रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासअनुसार आज बली राजाको पनि पूजा गरिन्छ। यही कारण देउसी खेल्नेले ‘बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा चलेको हो।

वर्षभरि खेत जोतेर सेवा गर्ने गोरुलाई पूजा गरी मीठा परिकार खुवाइन्छ। गोरुलाई महादेवको वाहन साँढेका रूपमा पनि पूजा गरिन्छ।

यसैगरी गोरु जोतेर खेती गर्ने हलि र किसानलाई पनि पूजा गरी मीठा परिकार खुवाउने भएकाले आजको दिनलाई हलि तिहार पनि भनिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार