चितवन २५ कात्तिक २०८३।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा आज सोमबार साँझ फेरि ठूलो सुक्खा पहिरो खसेको छ। उक्त पहिरोका कारण पृथ्वी राजमार्गको मलेखु–मुग्लिन खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
पहिरोका कारण राजमार्गको दुवैतर्फ सयौँ सवारी साधन अलपत्र परेका छन्। यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न र अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ।