सोलुखुम्बु हेलिकप्टर दुर्घटना : मृतक र घाइतेहरुको खुल्यो पहिचान

सोलुखुम्बु हेलिकप्टर दुर्घटना : मृतक र घाइतेहरुको खुल्यो पहिचान


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ कार्तिक २०८३
  • 1.6K
    Shares

सोलुखुम्बु, १७ कार्तिक २०८३।

सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भारतीय नागरिक वसन्तकुमार बलरा माडु रहेका छन्। ल्याण्ड गर्ने क्रममा फिस्टेल एयर र डायनेस्टी एयरका दुई हेलिकप्टर एकआपसमा ठोक्किँदा उनको मृत्यु भएको हो।

दुर्घटनामा अर्का भारतीय नागरिक शैलेश किसान पट्टेल घाइते भएका छन्। त्यस्तै फिस्टेल एयरका पाइलट पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

घाइते दुवै जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। प्रहरीका अनुसार फेरिचे हेलिप्याडमा अवतरणको क्रममा दुई हेलिकप्टरको पंखा ठोक्किएर दुर्घटना भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार