दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते

दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ कार्तिक २०८३
  • 1.5K
    Shares

दाङ , १६ कार्तिक २०८३।

दाङस्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रकले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका-३ बाघ ढड्डीमा सोमबार बिहान साढे १ बजेतिर विपरीत दिशाबाट आउँदै गरेको प्र ३-०२०१० प ६९२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो भने दुई जना घाइते छन्।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्ती गाउँपालिका-६ भगवानपुरका ३१ वर्षीय प्रविन चौधरीलाई उपचारार्थ भालुवाङ पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकलमा सवार राप्ती-३ मसुरियाकी १६ वर्षीया निशु चौधरी र सोही ठाउँकी १९ वर्षीया करिना चौधरी घाइते भएका छन्। उनीहरूको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। दुवै जनालाई भालुवाङबाट थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी हस्पिटल लगिएको छ।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार उनीहरू साथीको जन्मदिन मनाएर घर फर्किंदै गर्दा ट्रकले ओभरटेक गर्ने क्रममा पछाडिबाट ठक्कर दिएको थियो। ट्रक चालक नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-११ का ३४ वर्षीय राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार