सिन्धुपाल्चोकमा कुटेर दाइको हत्या: भाई पक्राउ

सिन्धुपाल्चोकमा कुटेर दाइको हत्या: भाई पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ कार्तिक २०८३
  • 2.5K
    Shares

सिन्धुपाल्चोक, १५ कार्तिक २०८३।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ ग्यावा टोलमा भाइको कुटपिटबाट घाइते भएका दाइको मृत्यु भएको छ। कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार २०८२ साल कात्तिक ११ गते सामान्य विवाद हुँदा अन्दाजी ६० वर्षीय शम्भर बहादुर तामाङले आफ्नै दाइ ६२ वर्षीय राना बहादुर तामाङलाई कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका राना बहादुरलाई उपचारका लागि जिल्ला अस्पताल भक्तपुर लगिएकोमा थप उपचारका लागि केएमसी अस्पताल दुवाकोट पठाइएको थियो।

उपचारकै क्रममा कात्तिक १४ गते दिउँसो ३:०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनामा संलग्न शम्भर बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार