सरकारले बनायो उच्चस्तरीय राजनीतिक संवाद समिति

सरकारले बनायो उच्चस्तरीय राजनीतिक संवाद समिति


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ मंसिर २०८२
  • 3.6K
    Shares

पोखरा, २९ मङ्सिर २०८२।

राजनीतिक दल सरोकारवालासँग वार्ता तथा छलफल गर्न सरकारले उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको हो। समितिका सदस्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल छन्।

राजनीतिक दल र सरोकारवालासँग संवाद गर्नका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको सरकारका प्रवक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार