पोखरामा तोडफोड, लुटपाट र आगजनीमा संलग्न थप चार जना पक्राउ

पोखरामा तोडफोड, लुटपाट र आगजनीमा संलग्न थप चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ कार्तिक २०८२
  • 4.8K
    Shares

पोखरा २६ कार्तिक २०८२।

जेन जी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनी गर्ने कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १० बुद्धचोक बस्ने वर्ष ५० को चन्द्रबहादुर थापा, ऐ.ऐ. बस्ने वर्ष ४८ को खगेन्द्र भन्ने हरि बहादुर थापा, जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २६ को सन्तोष परियार, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २६ बुढीबजार बस्ने वर्ष ४० को रमेश थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरु जेन जी आन्दोलनका क्रमम विभिन्न सरकारी कार्यालय, व्यक्तिगतरुपमा घर पसलहरुमा समेत आगजनी, तोडफोड तथा लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोप लगाएको छ

पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस अघि सोही आरोपमा राष्ट्रित प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अर्जुन खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका नेता अभिमन्यु पाण्डे पक्राउ परेको समाचार सार्वजनिक भैसकेको छ। पोखरा महानगरपालिका वडा नं. ९ बस्ने रास्वपा नेता पाण्डे यस अघि सहकारी ठगी प्रकारणमा पक्राउ परेर कारागार चलान भएका थिए । उनी पछि धरौटीमा छुटेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार