प्रहरी जवान थापाको हत्या आरोपी राजावादीहरुको आन्दोलनस्थलवाट समातिए : कोठावाट भेटिए यस्ता हतियार

प्रहरी जवान थापाको हत्या आरोपी राजावादीहरुको आन्दोलनस्थलवाट समातिए : कोठावाट भेटिए यस्ता हतियार


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ कार्तिक २०८२
  • 4.3K
    Shares

पोखरा, २३ कात्तिक २०८२।

जेनजी आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जका प्रहरी जवान उत्तम थापालाई कुटीकुटी हत्या गर्ने एक जना व्यक्ति राजावादीहरुकोआन्दोलनस्थलबाट समातिएका छन्।

सामाजिक संजालमा भाइरल बनेको भिडियोमा वृत्त महाराजगञ्जकै परिसरमा रहेको मन्दिर अगाडि निर्मम तरिकाले प्रहरीलाई भाटाले हानेको देखिएका कुटेको देखिएका भोजपुरको दोभान गाउँपालिका-२ का ३६ वर्षीय इन्द्रबहादुर राई शनिबार काठमाण्डौमा आयोजित राजावादीहरुको आन्दोलनस्थलबाट समातिएका हुन्।

उक्त भिडियोमा प्रहरीलाई निर्मम तरीकाले कुट्दा लगाएको केएजेएआरआईए (कजारिया) लेखिएको टीसर्ट नै लगाएर शनिबार राजावादी समूहले काठमाडौंको सामाखुसी क्षेत्रमा आयोजना गरेको जुलुश प्रदर्शनमा गएको बेला राईलाई प्रहरीले पक्राउ गरेको न्प्राप्त समाचारमा जनाइएको छ।

राईलाई सामाखुशीबाट नियब्न्त्रणमा लिएपश्चात उनको पवित्रनगरस्थित कोठा खानतलासी गर्दा प्रहरी हत्या गर्ने क्रममा लगाएको जुत्ता मात्रै होइन प्रहरीबाटै लुटिएको पेस्तोलदेखि गोलीसम्म बरामाद भएको प्रहरीले दाबी गरेको छ। उनको कोठाबाट टाइप ५४ लेखिएको पेस्तोल, त्यसको म्यागजिन र ७ राउण्ड गोली फेला परेको परिसरका प्रमुख तथा एसएसपी रमेश थापाले बताए ।

सार्वजनिक भिडियोमा उनले वृत्त महाराजगञ्जका प्रहरी जवान उत्तम थापालाई आक्रमण गरेको देखिन्छ । उनीविरुद्ध यसअघि पनि हत्यामा मुद्दा चलेको देखिएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार