पोखरा, २२ कात्तिक २०८२।
२०६४ सालको पहिलो संबिधान सभा चुनाबके बेला बम बिष्फोट भएर घाइते भएका मजदुरहरुलाई ज्युँदै इँटाभट्टीमा हलाएर जलाई हत्या गरेको आरोप लागेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको गएराती मृत्यु भएको छ।
ब्रेन स्ट्रोक भएर काठमाडौँ मेडिकल कलेजमा उपचाररत आलमको गएराती २ः५८ बजे काठमाडौँ उपचारकै क्रममा सोही मेडिकल कलेज उनको मृत्यु भएको चिकित्सकलाई उदृत गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार भै रहेको थियो।
उनको शव अन्तिम दाहसंस्कारका लागि रौतहटको राजपुरतर्फ लगिसकिएको सुरक्ष स्रोतले जनाएको छ।
मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटे लगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।
त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो। २०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएको आरोप आलममाथि थियो। उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
तर उक्त फैसला उच्च अदालतले उल्ट्याउँदै आलमसहित सबै प्रतिवादीहरुलाई सफाइ दिएको थियो। आलमले जिउँदै मान्छे जलाएको र घटना भएको भन्ने प्रमाणले पुष्टि नभएको उच्च अदालतको दाबी छ। उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन भइसकेको छ। सर्वोच्चको फैसला आउन बाँकी छ।