केही स्थानीयले आफू खुशी राजमार्गका डिभाइडर हटाउन थालेपछि डोजर प्रहरी नियन्त्रणमा

केही स्थानीयले आफू खुशी राजमार्गका डिभाइडर हटाउन थालेपछि डोजर प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० कार्तिक २०८२
  • 3K
    Shares

पोखरा, २० कात्तिक २०८२।

केही स्थानीयले तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकमा राखिएका डिभाइडर आफू खुशी हटाउन थालेपछि डोजर प्रहरीले नियन्त्रणमा लिएको छ।

मुग्लिन पोखरा सडक अन्तर्गत दमौलीस्थित तरकारी लाइन र व्यास-४ जाने बाटोपट्टिको सर्भिस लेनको डिभाइडर बुधबार सॉझ जबरजस्ती हटाएपछि जेसीबि डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुरक्षाका लागि राखिएका सडक डिभाइडर केही व्यक्तिहरुले आफूखुशी हटाउँदा पनि स्थानीय प्रशासन मौन रहेको भंदै चौतर्फी बिरोध शुरु भएको थियो।

यस अघि स्थानीय बासिम्दाले आफूखुशी भोर्लेटार चोक र कालिका मार्गको डिभाइडर पनि हटाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार