वडाध्यक्षलाई मालिश गर्न लगाउने गाउँपालिका अध्यक्ष चौधरीले दिएको राजिनामा स्वीकृत

वडाध्यक्षलाई मालिश गर्न लगाउने गाउँपालिका अध्यक्ष चौधरीले दिएको राजिनामा स्वीकृत


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ कार्तिक २०८२
  • 4.9K
    Shares

पोखरा, १९ कार्तिक २०८२ ।


सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडिओ सार्वजनिक भएपछि विवादमा परेका पालिका अध्यक्ष चौधरीले असोज ५ गते दिएको राजीनामा आज बसेको कार्यपालिका बैठकले स्वीकृत हरेको हो।

पालिका अध्यक्ष चौधरीले उपाध्यक्ष कल्पना चौधरी समक्ष राजिनामा दिएका थिए। उनको राजिनामा पत्र आजको कार्यपालिका बैठकमा पेश भएको थियो। आज बसेको कार्यपालिका बैठकले उनको राजीनामा स्वीकृत गरेको उपाध्यक्ष कल्पना चौधरीले जानकारी दिइन्।

उपाध्यक्षलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उनले पदमा रहेर काम गर्न असमर्थ रहेको उल्लेख गरेका छन् । ‘म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु,’ राजीनामा पत्रमा छ।

उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी विवादमा तानिएका थिए।

अध्यक्ष चौधरी एमालेबाट निर्वाचित भएका थिए भने उपाध्यक्ष कल्पना चौधरी नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260