गोरखाको पाङबारी हिमाल आरोहणका क्रममा बेपत्ता दुई इटालियन आरोही मृत भेटिए

गोरखाको पाङबारी हिमाल आरोहणका क्रममा बेपत्ता दुई इटालियन आरोही मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ कार्तिक २०८२
  • 2.3K
    Shares

पोखरा, १८ कार्तिक २०८२ ।
गोरखास्थित पाङबारी हिमाल आरोहणका क्रममा बेपत्ता रहेका दुई जना इटालियन नागरिक मृत भेटिएका छन्।

विगत पाँचदिनदेखि बेपत्ता इटालियन नागरिकहरु ६७ वर्षका स्तेफानो फरिनातो र ३७ वर्षका अलेस्सान्द्रो गापुटो मंगलबार पाङबारी हिमालको पहिलो शिविरमा मृत भेटिएका हुन्।

हिउँले पुरिएको अवस्थामा फेला परेका उनीहरुको शबलाई हेलीमार्फत सामागाउँ ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

७००५ मिटर अग्लो पाङबारीे हिमालबाट फर्कने क्रममा तीन इटालेली र एक नेपाली सहयोगी गत हप्ताको बुधबारदेखि पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका थिए ।

इटालीका ६५ वर्षीय भेल्टर पेरलिनो आधार शिविरमा र ६७ वर्षका स्तेफानो फरीनातो र ३७ वर्षका अलेस्सान्द्रो गापुटो सो हिमालको पहिलो शिविरमा फँसेको प्रहरीको भनाई छ । हिमाल आरोहण गर्न नसकी फर्कने क्रममा हिमपातले बाटो अवरुद्ध भएर उनीहरु फँसेका थिए ।

५००० मिटर उचाइमा अवस्थित पाङबारी हिमालको बेसक्याम्पमा फँसेका ६५ बर्षका भेल्टर परलिनोको भने आइतबार बिहान १० बजे हेलिकोप्टरबाट उद्धार गरिएको थियो । उनको साथमा बेसक्याम्पमा रहेका पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि हेलिकोप्टरबाट उद्धार गरि उपचारका काठमाडौँ पठाएको प्रहरीको भनाई छ ।
फोटो ः जिल्ला प्रहरी कार्यालय गोरखा ।

प्रतिक्रिया
सम्बन्धित समाचार