काठमाडौं, १७ कार्तिक २०८२ ।
। नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले पाँच जना एसएसपीहरूलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन्।एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्ले डीआईजीमा बढुवा भएका छन् ।
बढुवा भएका डीआईजीको जिम्मेवारी पनि तोकिएको छ। जस अनुसार, खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा, भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाल अख्तियारमा र अविनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन् ।
उनीहरु एक सातापहिले नै बढुवाका लागि सिफारिस भएका थिए। उनीहरूलाई कात्तिक ९ मा बढुवाका लागि सिफारिस गरिएको थियो ।