प्रचण्डसँग जनार्दन शर्मा र घनश्याम भुषालले मागे बिदा

प्रचण्डसँग जनार्दन शर्मा र घनश्याम भुषालले मागे बिदा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ कार्तिक २०८२
  • 7.3K
    Shares

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग माओवादीकै नेता जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले छुट्टाछुट्टै भेटेर अब बन्ने एकीकृत पार्टीबाट बिदा मागेका छन्।

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र बीच भएको पार्टी एकीकरण पश्चात बन्ने नेकपा समाजवादीको संयोजक समेत तोकिएका प्रचण्डलाई छुट्टाछुट्टै भेटेर माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले बिदा मागेका हुन्।

उनीहरुले आफुहरुको भेटमा आफूहरू आठ दल एकता भई बन्ने नयाँ पार्टीमा आउन नसक्ने जानकारी गराउँदै बिदा मागेको स्रोतको भनाइ छ। माओवादी र एकीकृत समाजवादीसहित ८ दलबीच आइतबार साँझ एकताको सहमति भएको थियो।

आफु आठ दलसित भएको एकीकरण पश्चात बन्ने नयाँ पार्टीमा नजाने बारे पार्टी नेतित्वलाई जानकारी दिंइसकेको बताउदै माओवादी केन्द्रका उपमहासचिव शर्माले आफु बृहत् वामलोकतान्त्रिक ध्रुवीकरणको पक्षमा रहेको र त्यसैका लागि क्रियाशील हुने जिकिर गरे

शर्माले माओवादी सचिवालय बैठकमा पनि एकीकृत समाजवादीसहितको पार्टीहरूसँग एकताबारे फरक मत राखेका थिए। पार्टीभित्रै एकता नभएका बेला महाधिवेशन टार्ने गरी विभिन्न पार्टीबीच एकीकरण गर्न खोजिएकोमा उनको आपत्ति थियो। तर संयोजक प्रचण्डले अन्तिमसम्म जनार्दन पनि एकता प्रक्रियामा आउने र अराजक प्रस्तुति नदिन भनेका थिए।

एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादी केन्द्रका संयोजक प्रचण्डसंगको भेटमा ‘अब पार्टी एकताका विषयमा गरिने छलफलको सान्दर्भिकता नरहेको’ बताउँदै प्रचण्डसँग बिदा मागेका बताइएको छ।

आइतबारको भेटमा संयोजक प्रचण्डले भूसाललाई आफूले चुनावअघि नयाँ बन्ने पार्टीको नेतृत्व छाड्न तयार रहेको र माधवकुमार नेपालसँग पनि यसबारे छलफल गर्ने आश्वासन दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार