पाल्पामा पनि इभी भ्यान दुर्घटना : तीन जनाकाे मृत्यु

पाल्पामा पनि इभी भ्यान दुर्घटना : तीन जनाकाे मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ कार्तिक २०८२
  • 6.5K
    Shares

पोखरा,१२ कात्तिक २०८२।

पाल्पामा इभी भ्यान दुर्घटना हुँदा चालकसहित तीन जनाकाे मृत्यु भएको छ।

जिल्लाको रैनादेवीछहरा-४ मेहलढाँप भित्री खण्डको पीपलभञ्याङ्ग नजिकैमा इभी भ्यान बुधबार दिउँशाे दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा चालक रैनादेवी छहरा-४ का कमल रायमाझी, रैनादेवी छहरा वडा नं. १ सिद्धेश्वरका मुक्तबहादुर बुढाथोकी र वडा नं. ४ मेहलढापका रामबहादुर गाहाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । घटनाबारे थप विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार