नेपालको अतिक्रमित भुमि गुञ्जि गाउँमा घाट अतिक्रमण गरेर भारतीय सेनाको ब्यारेक निर्माण शुरु : गुञ्जीगाउँबासी आन्दोलित, भारतीय स्थलसेना प्रमुख पुगे गुञ्जी

नेपालको अतिक्रमित भुमि गुञ्जि गाउँमा घाट अतिक्रमण गरेर भारतीय सेनाको ब्यारेक निर्माण शुरु : गुञ्जीगाउँबासी आन्दोलित, भारतीय स्थलसेना प्रमुख पुगे गुञ्जी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ कार्तिक २०८२
  • 4.2K
    Shares

पोखरा,१२ कात्तिक २०८२।

भारतीय स्थलसेना प्रमुख उपेन्द्र द्विवेदी नेपालको अतिक्रमित भुमि गुञ्जी क्षेत्र भ्रमणमा पुगेका छन्।

दिपावली मनाउने क्रममा गत सोमबार उत्तराखण्ड पुगेका भारतीय स्थलसेना प्रमुख द्विवेदी नेपालको अतिक्रमित भुमि गुञ्जी क्षेत्र भ्रमणमा पुगेका हुन्।

भारतीय राज्य उत्तराखण्डको पिथौरागढस्थित पाँचशुल ब्रिगेड र कुमाउका विभिन्न सैन्य युनिटको निरीक्षण गर्ने क्रममा उनी सुदूर उत्तरको गुञ्जी पुगेको समाचार स्रोतले जानकारी दिएको छ । भ्रमणका क्रममा फर्मेसनको सञ्चालन तयारी, प्रविधि प्रयोग, सुरक्षा निकायहरूसँगको समन्वय र राष्ट्रनिर्माणबारे भइरहेका कार्यक्रमबारे जानकारी लिएका थिए।

गुन्जी गाउँ नेपाली भुमि कालापानी क्षेत्रमा पर्छ। नेपालले गुन्जी गाउँ समेत कालापानी क्षेत्र समेटेर आफ्नो नक्शा जारी गरिसकेको छ। तर भारतले उक्त क्षेत्रमा आफ्नो सैनिक ब्यारेक खडा गरेर कब्जा जमाएको छ। त्यसो त उक्त क्षेत्रलाई भारतले आफ्नो सिमा भित्र पर्ने दाबी गर्दै आएको छ।

यसैबीच प्राप्त जानकारी अनुसार , गुन्जी गाउँवासीहरुले घाटको रुपमा प्रयोग गर्दै आएको क्षेत्रमा भारतीय सेनाले ब्यारेक बनाउन शुरु गरेपछि स्थानीय बासिन्दाले त्यसको बिरोध गरिरहेका छन्। स्थानीय बासिन्दाहरुले आफ्ना आफन्तहरुको शबदहन गर्न प्रयोग भएको घाटमा भारतीय सेनाले अतिक्रमण गरेर ब्यारेक बनाउन लागेको भन्दै बिरोध जनाएका हुन्। भारतीय देनाले ब्यारेक निर्माण गरेमा गुन्जीबासीहरुले शबदहन गर्ने घाट नै नपाउने भन्दै उनीहरु चिन्तित देखिएका छन्। उनीहरुले भारतीय सेनाबिरुद्ध चर्को नाराबाजी गर्दै गुन्जी छाड्न दबाब दिईरहेका प्राप्त समाचारमा जनाइएको छ।

नेपालले आफ्नो भूमि दावी गर्दै आएको गुञ्जी क्षेत्रको भ्रमण गरेका छन्। द्विवेदीले सुदूरपश्चिमको दार्चुलास्थित विवादित क्षेत्रको भ्रमण गरेको पाइएको हो। जबकी अहिले गुञ्जीसम्मै भारतीय सेनाले भूमी कब्जा गरिसकेको छ। सोही क्रममा भारतीय राज्य उत्तराखण्डको पिथौरागढस्थित पाँचशुल ब्रिगेड र कुमाउका विभिन्न सैन्य युनिटको निरीक्षण गर्ने क्रममा उनी सुदूर उत्तरको गुञ्जी पुगेको बुझिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार