पाँचथरमा बाबुले आफ्नै छोराको गोली हानेर गरे हत्या

पाँचथरमा बाबुले आफ्नै छोराको गोली हानेर गरे हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० कार्तिक २०८२
  • 5.4K
    Shares

पोखरा, १० कात्तिक २०८२।

पाँचथरमा एक व्यक्तिले आफ्नै छोरालाई गोली हानेर हत्या गरेका छन्।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाको भदौरेका विजय सिङ्घकले आइतबार दिउसो आफ्नै १७ वर्षीय छोरा सफल सिङ्घकको गोलि हानि हत्या गरेका हुन्।

अत्यधिक मदिरा सेवन गर्ने र प्रायः घरमा झगडा गर्ने बानी रहेका विजय सिङ्घकले आइतबार दिउँसो करिब ३ बजे छोरा सफल सिङ्घकलाई भरुवा बन्दुकले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका निमित्त प्रमुख रुपेश तामाङले जानकारी दिए ।

उक्त घटना सम्बन्धमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार