नेपाल प्रहरीका पांच एसएसपीको डीआईजीमा बढुवा सिफारिस : जेनजी आन्दोलनका काठमाडौँ प्रमुख छुटे

नेपाल प्रहरीका पांच एसएसपीको डीआईजीमा बढुवा सिफारिस : जेनजी आन्दोलनका काठमाडौँ प्रमुख छुटे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ कार्तिक २०८२
  • 4.2K
    Shares

पोखरा, ९ कात्तिक २०८२।

नेपाल प्रहरीमा पांच जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरुको प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस गरिएका छन्। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले हाल रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

डीआईजीका लागि एसएसपीहरु भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले सिफारिस भएका हुन्। उनीहरू सबै २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए।

उनीहरूभन्दा वरियतामा अगाडी रहेका दुई डीआईजीलाई भने छुटाइएको छ। एसएसपीहरू शारदा प्रसाद चौधरी र विश्व अधिकारीलाई छुटाइएको छ। उनीहरू एसएसपीमा अगाडी थिए।

अधिकारी जेनजी आन्दोलनका क्रममा काठमाडौँ प्रहरी प्रमुख थिए। सरकार परिवर्तन भए लगतै अधिकारीलाई काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो।

अहिले डीआईजी बढुवामा पनि सरकारले छुटाएको हो। यसबाहेक भने एसएसपीको वरियता अनुसार नै बढुवा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार