जुवाखालबाट संगै निस्किएका युवाले गएराती पोखरामा गरे, आफ्नै साथीको हत्या

जुवाखालबाट संगै निस्किएका युवाले गएराती पोखरामा गरे, आफ्नै साथीको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ कार्तिक २०८२
  • 11.5K
    Shares

पोखरा ८ कार्तिक २०८२ ।

जुवाखालबाट संगै निस्किएका एक युवाले गएराती पोखरामा आफ्नै साथीको हत्या गरिदिएका छन्।

पोखरा महानगरपालिका वडा नम्बर ५ पर्स्याङस्थित चिल्ड्रेन पार्क नजिक गएको राती बिहान करीब तीन बजेको समयमा जुवाखालबाट निस्किएका एक व्यक्तिले आफ्नै साथीको धारिलो हतियार चक्कुले हानेर हत्या गरिदिएका हुन्।

पोखरा ५ पर्स्याङका स्थानीय बासिन्दा समेत रहेका अन्दाजी ४५ वर्षीय अनिल पराजुलीको आज विहान करिब ३ बजेको समयमा धारिलो हतियार प्रहार गरि ह*त्या गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी हरि बहादुर बस्नेतले जानकारी दिए।

रातभर संगै जुवातास खेलेर संगै निस्किएका अन्दाजी पोखरा १८ सराङकोट घर भै हाल सोही ठाउँका पर्स्याङमा बस्दै आएका २४ वर्षीय किशोर तिमिल्सिनाले पर्स्याङस्थित चिल्ड्रेन पार्क पछाडी आइपुगे पछि पछाडीबाट चक्कुले हानेको बताइएको छ। चक्कुले हानेको चोटबाट गम्भीर घाइते बनेका पराजुलीलाई तत्काल उद्धार गरेर उपचारका लागि साविकको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याइएकोमा करीब पौने चार बजेको समयमा चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

पराजुलीलाई चक्कु हानेर भागेका इश्वर तिम्मिल्सिना आफ्नो दाजुको होटलमा लुक्न गएकोमा दाजुले नै प्रहरीलाई बुझाइ दिएको प्राप्त समाचारमा जनाइएको छ।

पराजुलीको हत्या आरोपमा प्रहरीले अन्दाजी २४ वर्षीय इश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिएको छ भने शब् पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

(प्रारम्भिक जानकारीका आधारमा हत्या आरोपी इश्वर तिमिल्सिना भनि भिडियो सामाग्रीमा उल्लेख गरिएकोमा पछि किशोर तिमिल्सिना भन्ने पुष्टि भए पछि भुल सुधार गरिएको छ -सम्पादक)

प्रतिक्रिया
सम्बन्धित समाचार