काठमाडौँ,८ कार्तिक २०८२ ।
रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ७ लिस्ने स्थित भित्री सडक खण्डमा भएको दुर्घटनाका सबै ८ मृतक र १० घाइतेकाे नाम खुलेकाे छ ।
मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेरो जिप शुक्रबार बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका आठ र घाइते १० जनाको नाम खुलेको हो।
सात जनाकाे घटनास्थलमै र एक जनाकाे जिल्ला अस्पताल सल्लेमा मृत्यु भएकाे जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी)प्रमेश विष्टले जानकारी दिए।
मृतकहरू
१. टेकजंग बुढा, वर्ष १६, आठबिसकाेट नगरपालिका १
२. दिलमाया बुढा, वर्ष १५, आठबिसकाेट नगरपालिका १
३. कल्पना नेपाल, वर्ष १५, आठबिसकाेट नगरपालिका १
४. सबिता बिक वर्ष २८, आठबिसकाेट नगरपालिका १
५. मनिका ओली, वर्ष १७, आठबिसकाेट नगरपालिका २
६. सर्मिला बिक, वर्ष १८, आठबिसकाेट नगरपालिका २
७. गाेपाल ओली, वर्ष २२, आठबिसकाेट नगरपालिका २
८. कमला ओली, वर्ष ३०, आठबिसकाेट नगरपालिका ३
घाइतेहरू
१. सिर्जना बुढा, वर्ष १७ आठबिसकाेट नगरपालिका १
२. सपना नेपाल, वर्ष १५ आठबिसकाेट नगरपालिका १
३. जुना बुढा, वर्ष १८ आठबिसकाेट नगरपालिका १
४. संगिता बुढा, वर्ष १७ आठबिसकाेट नगरपालिका १
५. शान्ति बुढा, वर्ष १९ आठबिसकाेट नगरपालिका १
४. अञ्जना ऐरी, वर्ष १७ आठबिसकाेट नगरपालिका १
७. महिमा ओली, वर्ष २० आठबिसकाेट नगरपालिका १
८. मनिषा थापा, वर्ष १७ आठबिसकाेट नगरपालिका १
९. सबिता बिक, वर्ष १५ आठबिसकाेट नगरपालिका १
१०. टाेपजंग बुढा, चालक, वर्ष ३४
चालक बाहेक सबै घाइते आठबिसकाेट नगरपालिका १ का हुन् । घाइते मध्ये जुना बुढा, वर्ष १८ लाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकाे छ ।