पोखरा, १० असार २०८१/
पोखरामा प्रहरीले अनधिकृत रुपमा विभिन्न मोवाईल एप प्रयोग गरी भाडाका यात्रुहरु ओसार पसार गर्ने सवारी साधनलाई नियन्त्रणमा लिन शुरु गरेको छ। यसै क्रममा आज २६ वटा सवारीसाधनहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखराको विभिन्न क्षेत्रबाट अनधिकृत रुपमा विभिन्न मोवाईल एप प्रयोग गरी भाडाका यात्रुहरु ओसार पसार गर्ने कार्य गरिरहेका २६ वटा सवारीसाधनहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले पठाओ, टुटल र इनड्राइभ एप प्रयोग गरी निजी तथा सार्वजनिक सवारीमा यात्रु ओसार–पोसार गर्ने २२ वटा मोटरसाइकल र स्कुटर र ४ वटा ट्याक्सी नियन्त्रणमा लिएको बताए ।
‘निजी तथा सार्वजनिक सवारीले विभिन्न एपको प्रयोग गरी यात्रु ओसारपोसार गरेको गुनासो आएको थियो’, उनले भने, गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालयमा दर्ता नगरी चलाइएका विभिन्न एपहरु प्रयोग यात्रुहरु ओसारपोसार गर्ने सवारी धनीहरुलाई नियन्त्रणमा लिएर एकपटक सम्झाई बुझाई गरी छोडेका छौं ।’