क्रसफायर मोटरसाईकल चोरी गरेको आरोपमा पोखराबाट एक युवा पक्राउ

क्रसफायर मोटरसाईकल चोरी गरेको आरोपमा पोखराबाट एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० असार २०८१
  • 10.8K
    Shares

कसफायर मोटरसाइकल चोरीमा संलग्न

पोखरा, १० असार २०८१/

क्रसफायर मोटरसाईकल चोरी गरेको आरोपमा पोखराबाट एक जना युवा पक्राउ परेका छन्। तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. २ स्थित देप्चेटोल बस्ने वर्ष २० को बिशाल मगरातीलाई पोखराबाट क्रसफायर मोटरसाईकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

अभियुक्त मगरातीले गएराती १० बजेको समयमा पोखरा १० ईन्द्र चोकमा पार्किङ गरी राखेको ग २२ प ९५१० नम्बरको क्रसफायर मोटरसाईकल चोरी गरेर डोहोर्‍याउँदै हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

पोखरास्थित वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलिले रंगेहात पक्राउ गरेको भनिएका अभियुक्त मगरातीबिरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार