स्कुलमा प्रार्थना कार्यक्रम भैरहदा भीर मौरीले चिल्दा प्रधानाध्यापकसहित १३ जना घाइते

स्कुलमा प्रार्थना कार्यक्रम भैरहदा भीर मौरीले चिल्दा प्रधानाध्यापकसहित १३ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० असार २०८१
  • 14K
    Shares

पोखरा, १० असार २०८१/

रुकुमपूर्वमा स्कुलमा प्रार्थना कार्यक्रम चलिरहेका बेला भिर मौरीको समूह आएर चिल्दा १३ जना शिक्षक र अभिभावक बिद्यार्थी घाइते भएका छन्।

विद्यालयमा प्रार्थना गर्ने समयमा एक्कासी आएको भीर मौरीले चिल्दा भूमे गाउँपालिका-६ खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका १३ जना विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन् । घाइते १३ मध्ये तीन जना तीन जनाको अवस्था जटिल रहेको बताइएको छ ।

मौरीको टोकाइबाट गम्भीर घाइते हुनेमा विद्यालयका प्रधानाध्यापक दिलकुमारी रोका, १० वर्षीय विद्यार्थी नरमान रोका र उनकी आमा रुचि रोका रहेका छन् । उनीहरुलाई सामान्य उपचारपछि जिल्ला अस्पताल रुकुमकोट रेफर गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार