दार्चुलामा एक शिकारीले हानेको गोली लागेर पासो थापिरहेका अर्का शिकारीको मृत्यु

दार्चुलामा एक शिकारीले हानेको गोली लागेर पासो थापिरहेका अर्का शिकारीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ असार २०८१
  • 5.6K
    Shares

पोखरा, ९ असार २०८१/

दार्चुलामा एक शिकारीले हानेको गोली लगेर पासो थापिरहेका अर्का शिकारीको मृत्यु भएको छ। स्थानीय जंगलमा पासो थापिरहेका बेला गोली लागेर नौगाड गाउँपालिका–१ नागु लक्सेरीका ५५ वर्षीया धंके डडालको गोली लगेर मृत्यु भएको हो।

उनलाई लक्सेरी नागु बस्ने अन्दाजी ५३ वर्षका जयसिंह डडालले चलाएको गोली टाउकोमा लागेको र सोही गोलीकाकारण घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

गोली हान्ने जय सिंहलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार