चितवनमा केराखेती नष्ट गर्ने चार जना बालकहरु पक्राउ

चितवनमा केराखेती नष्ट गर्ने चार जना बालकहरु पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १४ जेष्ठ २०८१
  • 8.9K
    Shares

चितवनमा केराखेती नष्ट
पोखरा, १४ जेठ २०८१/
चितवनमा अर्काले गरेको केराखेती नष्ट गर्ने चार जना बालकहरु पक्राउ परेका छन्।
गएको जेठ १ गते राती करीब ११ बजेको समयमा चितवनको खैरहनी नगरपालिका वडा नम्बर ३ मा करिब पाँच कठ्ठा क्षेत्रफलमा लगाइएको करिब तीन सय १५ वटा केराको बोट काटेर नष्ट गरेको आरोपमा प्रहरीले चार जना बालकहरुलाइ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका चार मध्ये दुई जना १४ वर्ष उमेरका र अन्य दुई जना १२ र १३ वर्ष उमेरका रहेको प्रहरीले जानकारी दिएको छ।
खैरहनी नगरपालिका वडा नं. ०८ बाट पक्राउ गरिएका उनीहरु बिरुद्ध तवन जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानाकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार