यस्तो रहनेछ आजको मौसम : पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध

यस्तो रहनेछ आजको मौसम : पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ भाद्र २०८०
  • 1.7K
    Shares

वर्षा, rain

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित छ । नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती भने देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेशको एक-दुई स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यी क्षेत्रहरूमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू(क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मुग्लिन नारायणगढ सडक खण्डमा हिजो मिति २०८०/०५/०४ गते करिब ८:०० बजेतिर खसेको पहिरोका कारण सडक पुर्ण रूपमा अवरुद्ध भएको छ । सडक डिभिजनको २ वटा मेशिनबाट पहिरो पन्छाउने कार्य अनवरत रूपमा लागिरहेको छ ।
आज यदि याे सडक हुँदै यात्रा गर्दै हुनुहुन्छ भने कृपया वैकल्पिक बाटो हुदै यात्रा गर्नुहुन अनुराेध छ ।
भिडियो : सब ईन्जिनियर सुजन थापा मगर (स.डि. भरतपुर)
अपडेट- २०८०/५/५ गते बिहान ६:०० बजे

प्रतिक्रिया
सम्बन्धित समाचार