मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते प्रहरी जवानको कैलालीमा उपचारका क्रममा मृत्यु

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते प्रहरी जवानको कैलालीमा उपचारका क्रममा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ भाद्र २०८०
  • 1.5K
    Shares

मोटरसाइकल दुर्घटनामा मृत्यु भएका प्रहरी जवान हेमराज डाउका

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका एक जना प्रहरी जवानको कैलालीको धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ । बझाङको तल्कोट घर भइ अस्थाइ प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत प्रहरी जवान हेमराज डाउकाको उपचारका क्रममा कैलालीको धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो।

घरबिदामा रहेका उनी चढेको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई गत साउन १४ गते आइतबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। सोही दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी जवान हेमराज डाउकाको माया मेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक कुलदीप चन्दले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार