कैलालीमा गएराती ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ७ हजारीबारा भन्ने स्थानमा सोमवार राति ट्याक्टर दुर्घटना भएको हो। कैलाली प्रहरीका अनुसार सुगरखालबाट भजनी नगरपालिका ९ कुणीतर्फ आइरहेको सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना भएको थियो। बर्दगोरिया गाउँपालिका ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा उनीहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा भजनी नगरपालिका वडा नम्बर ९ की चाहाना चौधरी र दिल रानी चौधरी रहेका छन्। उनीहरूको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
वर्दगोरीया अस्पतालमा उपचाररत घाइतेहरू
भजनी ९ बस्ने दोहती डगौरा
पेपी डगौरा
ज्योती चौधरी
मगुली चौधरी
मेदी डगौरा
मधु चौधरी
रुपा चौधरी
हिमान्सु चौधरी
अनिता चौधरी
रिदम चौधरी
आरोही चौधरी
तुन्नि चौधरी
ओली चरण चौधरी
रिवस चौधरी
घोडाघोडी अस्पताल सुखडमा उपचाररत घाइतेहरू
भजनी ९ बस्ने रोहन चौधरी
कृष्णी देवी डगौरा
रत्ना चौधरी
आशा देवी डगौरा
सग्रामी चौधरी
विपिन चौधरी
फुलराम चौधरी
सन्तोष चौधरी
हिरा चौधरी
रिता चौधरी
क्षितिज चौधरी
अमन चौधरी
रिया चौधरी
बिरेन्द्र चौधरी
सानु चौधरी
अपेक्षा चौधरी
राकेश चौधरी
सबिन चौधरी