बुधबारसम्म चट्याङसहित वर्षाको सम्भावना

बुधबारसम्म चट्याङसहित वर्षाको सम्भावना


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ६ चैत्र २०७९
  • 2.8K
    Shares

देशका यी भूभागहरुमा मेघगर्जनसहित वर्षा

हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित वर्षा भइरहेको छ।

सोमबार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार र बुधबार पनि पनि कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार