पोखरा , २२ असोज २०८३।
माटोको ढिस्कोले पुरिएर पोखरामा एक मजदुरको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।
कास्कीको पोखरा महानगरपालिका–१८, अधेरीकुनास्थित एक घरको जग खन्ने काम गरिरहेका बखत आज दिउसो करीब तीन बजेको समयमा माथिबाट माटोको ढिस्को खसेर पुरिंदा एक मजदुरको मृत्यु भएको हो भने अर्का घाइते छन्। उनीहरु सात मीटर तल खाल्टो खनिरहेका बेला माटोको ढिस्को खसेर पुरिएको बताइएको छ।
उक्त घटनामा गम्भिर घाइते भएका दुई जनालाई ससश्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याएको थियो। सोही क्रममा गम्भीर घाइते भएका पर्वत महाशिला न.पा. ६ फलामखानी घर भएका वर्ष २९ को बिक्रम सुनारको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। सोही दुर्घटनामा घाइते भएका अर्को एक जनाको सोहि अस्पतालमा उपचार जारी रहेको प्राप्त समाचारमा जनाइएको छ।