स्याङजाको छहरीखोला स्थित सामुदायिक बनमा सालको रुख काट्ने बिषयमा बिबाद : खुकुरी प्रहारबाट एक जना घाइते

स्याङजाको छहरीखोला स्थित सामुदायिक बनमा सालको रुख काट्ने बिषयमा बिबाद : खुकुरी प्रहारबाट एक जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ पुष २०८२
  • 6.3K
    Shares

पोखरा, ६ पुस २०८२।

स्याङजामा सालको काठ काट्ने बिषयमा बिबाद हुँदा एक जना घाइते भएका छन्।

पुतलीबजार नगरपालिका वडा नम्बर-१३, छहरीखोला स्थित सामुदायिक बनको सालको रूख काट्ने विषयमा बिबाद हुँदा एक जना घाइते भएका हुन्।

सालको रुख काट्ने बिषयमा बिबाद हुँदा पुतलीबजार नगरपालिका वडा नम्बर-१३ बस्ने ४८ वर्षीय पुर्ण बहादुर अधिकारीलाई पुतलीबजार १४ धारापानी बस्ने ४९ वर्षीय बिष्णु भन्ने टोपबहादुर अधिकारीले शनिबार राती करीब आठ बजे खुकुरी हानेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । अधिकारीको घाँटीको बाँया भागमा चोट रहेको प्राप्त समाचारमा जनाइएको छ।

खुकुरीको चोट लागेर गम्भीर घाइते भएका पुर्ण बहादुर अधिकारीको हाल पोखरास्थित चरक अस्पतालमा उपचार भैरहेको र खुकुरी हानेको आरोपमा बिष्णु भन्ने टोपबहादुर अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका अधिकारीबिरुद्ध स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया आगाडी बढाईएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रयोग गरी घाईते बनाएको आरोपमा १ (एक) जना पक्राउ ।
मिति २०८२/०९/०५ गते राती करिव २०:१० बजेको समयमा जिल्ला स्याङजा, पुतलीबजार नगरपालिका वडा नम्बर-१३, छहरीखोला स्थित सामुदायिक बनको सालको रूख काट्ने विषयमा वादविवाद हुँदा ऐ.ऐ. वडा नम्बर-१३ बस्ने ४८ वर्षीय पुर्ण बहादुर अधिकारीलाई निम्न व्यक्तिले घाँटीको बाँया भागमा धारिलो हतियार प्रहार गरी घाईते बनाई फरार भएको भन्ने प्राप्त सूचनाको आधारमा घटनाको अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न रहेको भनिएका निम्न व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको विशेष अपरेशन टोलीले निम्न स्थानबाट पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा सम्मानित
निम्नः
पक्राउ परेको आरोपी
क्र.सं.
पक्राउ परेको स्थान
पक्राउ परेको मिति
घाईतेको
र समय
सम्बन्धमा
चरक
व्यक्तिको विवरण
जिल्ला स्याङ्जा, | पुतलीबजार नगरपालिका वडा नम्बर – १४ धारापानी बस्ने ४९ वर्षीय बिष्णु भन्ने | टोप ब. अधिकारी ।
जिल्ला स्याङ्जा, पुतलीबजार
| नगरपालिका वडा नम्बर – १४ स्थित सतौं मैदान ।
२०८२/०९/०६ गते विहान ०३ : २५ बजे ।
अस्पताल, पोखरामा
उपचार
भईरहेको ।

प्रतिक्रिया