भोकले खानेकुरा खोज्दै पसल आउँदा उदयपुरबाट भाईको हत्या आरोपी पक्राउ

भोकले खानेकुरा खोज्दै पसल आउँदा उदयपुरबाट भाईको हत्या आरोपी पक्राउ


  • जन संचार
  • आइतबार, ६ पुष २०८२
  • 7.9K
    Shares

आफ्नै भाईको हत्या गरेर भागेका एक युवा उदयपुरबाट पक्राउ परेका छन्।

आफ्नै कान्छो भाइ धर्मराज राईको हत्या गरी भागेका उदयपुरको त्रियुगा नगरपालिका २ हाटखोलाचौकका ४२ वर्षिय युवराज राई त्रियुगा ४ बगाहाबाट पक्राउ परेका हुन् ।

भाइको हत्या गरेपछि दिनभर लुकेर बसेका युवराज राई भोक लागेपछि खानेकुरा खोज्दै बगाहास्थित पसलमा पुगेका बेला पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार , गएको शुक्रबार राती युवराजले आमा कुटिरहेको देखे पछि भाइ धर्मराज राई छुट्टाउन गएका थिए। त्यसै बीच बिबाद हुँदा युवराजले भाई धर्मराजलाई हत्या गरेर भागेका थिए।

प्रतिक्रिया