बसमा पोखरा आउंदै गरेका युवा एकाबिहानै पेस्तोल सहित तनहुँमा समातिए

बसमा पोखरा आउंदै गरेका युवा एकाबिहानै पेस्तोल सहित तनहुँमा समातिए


  • जन संचार
  • शुक्रबार, ४ पुष २०८२
  • 12.6K
    Shares

बसमा पोखरा आउंदै गरेका एक युवा आज एकाबिहानै पेस्तोल सहित तनहुँमा समातिएका छन्।

बाराको कलैयाबाट पोखरातर्फ आउदै गरेको ग २ ख २७५ बसमा पोखरा आउंदै गरेका युवा आज बिहान तनहुँ आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट पेस्तोलसहित समातिएका हुन्।

बेनिटारमा सवारी साधन जॉच गर्ने क्रममा शुक्रबार बिहान उक्त बस चेक गर्दा सोही बसमा यात्रारत बाराको सुवर्ण गाउँपालिका-१ बस्ने १९ वर्षीय ओम बाबु प्रसाद यादवलाई एक थान कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।





प्रतिक्रिया