गोरखाका गुरुङको काठमाडौँस्थित गोँगबुमा हत्या

गोरखाका गुरुङको काठमाडौँस्थित गोँगबुमा हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ पुष २०८२
  • 6.6K
    Shares

पोखरा ४ पुष २०८२।

गोरखाका बबिन गुरुङको काठमाडौँस्थित गोँगबुमा हत्या भएको छ । गोरखाको सिरानचोक गाउँपालिका–७ आरुबोटका २० वर्षिय गुरुङको बुधबार राती १ बजेतिर हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

गोँगबुको मिरमिरे दोहोरीभित्र दुई पक्षबीच झडपपछि बाहिर निस्किएका युवाहरुले बाटोमा हिँडिरहेका बबिनमाथि हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

दोहोरी साँझभित्र धादिङका हरिशरण पन्त, श्रीकृष्ण पन्त र अर्को पक्षका डडेल्धुराका वीरेन्द्र साउद, दार्चुलाका जनक सिंह नगारी, काठमाडौंका प्रज्वल भुजेल र लमजुङका मनोज सुनारबीच झडप भएको एसपी भट्टराईले जानकारी दिए ।

झडप भएपछि सञ्चालक गोरखाकै ३६ वर्षीय शिव सौगात सुवेदीले दुवै पक्षलाई बाहिर निकालेका थिए । बाहिर निस्केपछि हरिशरण पन्तले हतियार निकालेर पैदल हिँडिरहेका बबिन गुरूङमाथि प्रहार गरेको पाइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया