पोखरा १८ मङसीर २०८२।
काठमाडौँको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।
प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१ घर भई हाल शंखमुल बस्ने करिब ५० वर्षीय ललित गिरी भएको जानकारी दिए। मृतककी श्रीमतीले गिरीको सनाखत गरेको प्रहरीले जानकारी दिएको छ।
घटनास्थलमा प्रहरी टोली खटिएको र लास जाँच मुचुल्काको कार्य भइरहेको प्रहरीले जनाएको छ।
ती युवक गएराति साइकलसहित धोबीखोलामा खसेको अनुमान प्रहरीले गरेको छ। धाेबीखाेलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
पुलमा रेलिङ नभएको कारण ती युवक साइकलसहित पुलबाट खोलामा खसेको अनुमान गरिएके छ।
मृतक युवकको टाउकोमा गहिरो चोट छ। पुलबाट खस्दा ढुंगामा टाउको ठोकिँदा उनको मृत्यु भएको अनुमान छ। युवकको शव खोलाबाट निकालेर पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।