पोखरा, १८ मङ्सिर २०८२।
नेकपा एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष नवराज शर्मालाई पुत्रशोक परेको छ। बोनम्यारो क्यान्सरबाट पीडित उनका १२ वर्षीय छोरा साकार शर्माको पर्वतको जलजलास्थित घरमै सोमबार राति २ बजेतिर निधन भएको हो ।
पोखराको एसओएस हर्मन माइनर स्कुलमा कक्षा ६ मा अध्ययनरत साकारलाई ६ महिनाअघि स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको थियो । स्वास्थ्यमा केही सुधार आएपछि उनलाई काठमाडौं ल्याइएको थियो । तर, गएराति उनको घरमै निधन भयो ।

शर्माका दुई छोरामध्ये साकार कान्छा हुन् । उनको मंगलबार म्याग्दीमा अन्तिम संस्कार गरिएको छ । उनको निधनमा एसओएस स्कुलले शोक बिदा दिएको छ । पुत्र शोकमा परेका शर्मालाई विभिन्न दलका नेता तथा कार्यकर्ताले समवेदना व्यक्त गरेका छन् ।