पोखरा १२ मङ्सिर २०८२।
नेकपा एमाले जिल्ला कमिटि रोल्पाकी सदस्य अमृता घर्तीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
पुनथोक गाउँमा भएको बिहे भोजमा सहभागी भएर बुधबार दिउँसो आफन्तको मोटरसाइकलमा घर फर्कदै गर्दा मिनाही बजार नजिकै मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा नेत्री घर्तीको मृत्यु भएको हो। ४७ वर्षीया घर्ती रोल्पा माडी गाउँपालिका–६, कोर्चाबाङकी ४७ वर्षीया निवासी हुन्। मोटरसाइकल सडकबाट करिब २ सय मिटर तल खस्दा अमृता घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यान जनाएको छ।
उनका श्रीमान् तथा एमाले लुम्बिनी प्रदेश सदस्य प्रेमबहादुर घर्तीका अनुसार, दुर्घटनापछि चालक सामान्य घाइते भएका छन् र प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।
अमृताको शव जिल्ला अस्पताल रोल्पामा पोस्टमार्टम गरी बिहीबार नै मगर संस्कारअनुसार कोर्चाबाङमा दाहसंस्कार गरिएको छ।