सुर्खेतस्थित बोर्डिङ स्कुलका होस्टल संचालक बालिकामाथि अनैतिक व्यवहार गरेको आरोपमा पक्राउ

सुर्खेतस्थित बोर्डिङ स्कुलका होस्टल संचालक बालिकामाथि अनैतिक व्यवहार गरेको आरोपमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ मंसिर २०८२
  • 2K
    Shares

काठमाडौँ, ९ मङ्सिर २०८२।

सुर्खेतस्थित एक बोर्डिङ स्कुलका होस्टल संचालक बालिकामाथि अनैतिक व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

सुर्खेतको पञ्चपुरी नगरपालिका-५स्थित सरस्वती विद्या निकेतन इङ्लिस बोर्डिङ स्कुलका होस्टेल सञ्चालक ४० वर्षीय महेन्द्र अर्याल गएराति पञ्चपुरी-१ बाचकाँडामा लुकेर बसेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरीका प्रवक्ता माेहनजंग बुढथापाले जानकारी दिएका छन् ।

कक्षा ५ मा अध्ययनरत १२ वर्षीया बालिकालाई मंसिर ३ गते राति होस्टेलमै करणी गरेको आशंका बालिकाका आशंका गरेका छन् र उनीहरुले होस्टेल सञ्चालक महेन्द्र अर्यालबिरुद्ध लाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएका छन्।

अर्यालमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया