दशै तथा तिहारको अवसरमा नेपालीले अस्ट्रेलियाको एडिलेडमा भब्य कार्यक्रम गरे

दशै तथा तिहारको अवसरमा नेपालीले अस्ट्रेलियाको एडिलेडमा भब्य कार्यक्रम गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २० असोज २०८२
  • 3.6K
    Shares

अस्ट्रेलियाको एडिलेड शहरमा दशै तिहारको अवसरमा आयोजित कार्यक्रम

काठमाडौँ, २० असोज २०८२।

नेपाली मात्रको महान चाड दशै तथा तिहारको अवसरमा अस्ट्रेलियाको एडिलेड शहरमा भब्य कार्यक्रम सम्पन्न भएको छ।
ब्रह्माकुमारीज़ अष्ट्रेलिया – एडिलेड शाखा र गिल्स प्लेन्स नेपाली सेवा टोलीले उक्त कार्यक्रम संयुक्त रूपमा आयोजना गरेको हो।

झन्डै एक हजार नेपाली तथा बिदेशी नागरिक समेतको उपस्थितिमा भएको उक्त कार्यक्रमका विशिष्ट अतिथिहरूमा साउथ अष्ट्रेलियाको विपक्षी दलका उपनेता जोश टीग MP, विधान परिषद् सदस्य जिंग ली MLC, नेपालका मानद काउन्सुल दिपक धमला समेतको सहभागिता रहेको थियो। त्यस अवसरमा उनीहरूले महोत्सवको प्रशंसा गर्दै नेपाली संस्कृति, एकता र आध्यात्मिकताको प्रचार‑प्रसारमा ब्रह्माकुमारीज़को योगदानको सराहना गरे।

महोत्सवमा पारम्परिक नेपाली नृत्य, संगीत र सांस्कृतिक प्रस्तुतिहरू मुख्य आकर्षण बनेका थिए। भुपाली ग्रुप, नेपाली पाठशाला र एडिलेड नेपाली विद्यालयका कलाकारहरूले मनमोहक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए।

सोही कर्यक्रममा नौ वटा देवीहरुका दिव्य रूपहरूको रुपमा नवदुर्गा को बिशेष प्रस्तुति गरिएको प्राप्त समाचारमा जनाइएको छ।

सोहि अवसरमा राजयोगिनी सिस्टर सीताले देवी–देवताहरूका शक्तिहरू र तिनको आध्यात्मिक महत्वबारे प्रेरणादायक विचार साझा गरिन। उनले सबै उपस्थितलाई एक मेडिटेशन टिप्पणी पनि गराइन्, जसले सबैले दिव्य शान्ति र आत्मिक आनन्दको गहिरो अनुभव गरे।

प्रतिक्रिया