ओखलढुङ्गा सदरमुकाम तनाबग्रस्त : स्थानीय बसिन्दाहरुद्वारा उग्रचण्डी यातायातको टिकट काउन्टरमा आगजनी

ओखलढुङ्गा सदरमुकाम तनाबग्रस्त : स्थानीय बसिन्दाहरुद्वारा उग्रचण्डी यातायातको टिकट काउन्टरमा आगजनी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १४ असोज २०८२
  • 5.9K
    Shares

पोखरा १४ असोज २०८२ ।

ओखलढुङ्गा सदरमुकाम यतिबेला तनाबग्रस्त बनेको छ। ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–४ केत्तुकेस्थित सडकमा सोमबार दिउँसो बा.५ ख ८२२९ नम्बरको बसले प्र.१–०७–००१ प ०६७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा सिद्धिचरण नगरपालिका वडा नम्बर ११ निवासी २१ वर्षीय बिनोद कटवालको मृत्यु भएकोमा बसका प्रतिनिधि २८ घण्टा हुँदा पनि सम्पर्कमा नआएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।

आक्रोशित स्थानीय बासिन्दाले ओखलढुङ्गा सदरमुकाम बन्द गरेका छन् र उग्रचण्डी यातायातको टिकट काउन्टरमा आगजनी गरेका छन्।

मृतक कटवालको शब् सामुदायिक अस्पताल ओखलढुङ्गामा रहेको छ भने अप्रिय घटना हुन नदिन प्रहरी परिचालित गरिएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा घाइते मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न बस चालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया