लमजुङमा एक मोटरसाइकल पल्टियो :चालक युवाको निधन अर्का युवा गम्भीर घाइते

लमजुङमा एक मोटरसाइकल पल्टियो :चालक युवाको निधन अर्का युवा गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १४ असोज २०८२
  • 3.8K
    Shares

पोखरा १४ असोज २०८२ ।

लमजुङमा एक मोटरसाइकल दुर्घटना हुँदा एक युवाको निधन भएको छ भने अर्का युवा गम्भीर घाइते भएका छन्।

लमजुङको राइनास टिमुरेबाट सातबिसेतर्फ जादै गरेको ग२४प १६३० नम्बरको मोटरसाइकल सोमबार राति राइनास नगरपालिका–३, नौबिसे स्थित सडकमा दुर्घटनाग्रस्त हुँदा चालक टिमुरे बस्ने २३ बर्षीय समिर ठकुरीको मृत्यु भएको हो।

सोही दुर्घटनामा परेर सोहि स्थानका २६ बर्षीय देवराज ठकुरी गम्भीर घाइते भएका प्रहरीले जानकारी दिएको छ। घाइते देवराजलाई सहोदर अस्पताल धमिलिकुवामा सामान्य उपचारपश्चात थप उपचारको लागि मणिपाल अस्पताल पोखरा लगिएको बताइएको छ ।

मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट दायाँ पट्टि नालिमा पल्टिएको प्रहरीले बताएको छ। घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राज किशोर साहले जानकारी दिए । सांकेतिक चित्र

प्रतिक्रिया