बिना सुरक्षाकर्मी शिक्षामन्त्री महाबीर पुन जहाजमार्फत पोखरामा

बिना सुरक्षाकर्मी शिक्षामन्त्री महाबीर पुन जहाजमार्फत पोखरामा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ असोज २०८२
  • 3.1K
    Shares

पोखरा १३ असोज २०८२ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन पोखरा आइपुगेका छन्।

कुनै सुरक्षाकर्मी बिना मन्त्री पुन आज बिहान जहाजमार्फत पोखरा आइपुगेका हुन्।

उनी मन्त्रालयबाट पीएसओ समेत नलिई निस्किएका थिए। पोखरा विमानस्थलमा सामान्य ट्याक्सी चढेर घर पुगेका मन्त्री पुनले सरकारी कामबाहेक अन्य बेला सवारी र सुरक्षा नलिने घोषणा पहिले नै गरेका थिए।

प्रतिक्रिया