सल्यानमा हायस गाडी दुर्घ’टना : तीन जनाको मृ’त्यु , दुई जना घाइते

सल्यानमा हायस गाडी दुर्घ’टना : तीन जनाको मृ’त्यु , दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १२ असोज २०८२
  • 3.4K
    Shares

पोखरा १२ असोज २०८२ ।

सल्यानमा आज एकाबिहानै हायस गाडी दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने बाँकी दुई जना गम्भिर घाइते भएका छन् ।

रुकुमपश्चिमबाट दाङ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स हायस गाडी आज बिहान करिब ४ वजेतीर राप्ती राजमार्गको कपुरकोट सडक खण्ड स्थित चोरखोलामा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको हो।

गम्भिर घाइते भएका रुकुम बाफिकोटका ४७ बर्षिय खगेन्द्र केसी र ३६ बर्षिया बिना केसीको दाङमा प्रारम्भिक उपचार पश्चात थप उपचारको लागि नेपालगन्ज पठाइएको छ ।

सडकबाट करिब ३ सय मिटर तल खसेको छ । दुर्घटनामा परेर मृत्यु भएका एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको र उनीहरुको कसैको पनि परिचय नखुलेको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया