छुट जग्गा दर्ता गर्न बिचौलिया सुजन लामाले कसलाई दिए पोखरामा करोडौंको प्रोजेक्ट ?

छुट जग्गा दर्ता गर्न बिचौलिया सुजन लामाले कसलाई दिए पोखरामा करोडौंको प्रोजेक्ट ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ साउन २०८२
  • 15.9K
    Shares

पोखरा, १ साउन २०८२।

“पोखराका जग्गाहरुले तपाइलाई टुलुटुलु हेरिरहेका छन्” भनेर मन्त्रीलाई लाखौँ रुपियाँ घुस खुवाउने बिचौलिया सुजन लामाले सुकुम्बासीको जग्गा दर्ता गर्न अर्कै बिचौलियालाई करोडौको प्रोजेक्ट संचालन गर्न दिएको खुलासा भएको छ।

जनसञ्चार डट कमलाइ प्राप्त अडियो सामाग्रीमा बिचौलिया लामाले अर्का बिचौलिया मित्रबाहादुर कुँवरलाई कर्माचार्य थरका व्यक्तिको छुट दर्ता गर्नका लागि प्रोजेक्ट दिएको खुलाएका छन्।

उक्त अडियो सामाग्रीमा बिचौलिया सुजन लामाले मालपोत हाकिम राजेन्द्र पौडेललाई आफ्नो सहयोग बिना मालपोतको हाकिम भएर पनि केही गर्न नसक्ने चुनौती दिएका छन्। उक्त सम्बादमा बिचौलियाले मालपोत हाकिम पौडेलसंग कम्रचार्यको काम के भयो भनेर सोधेका छन्। सोही वार्तालापमा बिजौलिया लामाले छुट जग्गा दर्ता सम्बन्धि बैठक रोकिएको जानकारी मालपोत हाकिम पौडेललाई दिएका छन्। उक्त बैठक रोकिएको बारे आफु अनाबिज्ञ रहेको पौडेलले बिचौलिया लामासंग उल्लेख गरेका छन्।
(नोट :यसैबीचमा बिचौलिया सुजन लामाले भने जस्तै लेखनाथ क्षेत्रमा सुकुम्बासीका नाममा सैयौं रोपनी जग्गा दर्ता भएका प्रमाणहरु जनसञ्चार डट कमले फेला पारेको छ। ती समाचारहरु हामी निरन्तर रुपमा प्रकाशन तथा प्रशारण गर्नेछौ -सम्पादक)

(नोट: यसभन्दा अघिको समाचारमा टेलिफोन सम्बादमा कुरा गर्ने व्यक्ति बिचौलिया सुजन लामा र मालपोत कार्यालय लेखनाथ कास्कीका प्रमुख राजेन्द्र पौडेल भएको जिकिर गरिएकोमा कुरा गर्ने मध्ये एक जना बिचौलिया सुजन लामा र अर्को पक्ष मित्र बगादुर कुँवर रहेको भन्ने खुल्न आएकाले भूल सुधार गर्दै समाचारमा संशोधन गरेका छौं र समाचारमा संलग्न असम्बन्धित फोटो पनि हटाएका छौं । समाचार प्रकाशन गर्ने क्रममा हामीबाट हुन् गएको असावधानीका कारण मालपोत कार्यालय लेखनाथका प्रमुख राजेन्द्रप्रसाद पौडेललाई पुग्न गएको आघात प्रति क्षमा याचना गर्दछौं :-सम्पादक)

प्रतिक्रिया
सम्बन्धित समाचार