पोखरा,१० पुष मंसीर २०८१।
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्लाको कालीगण्डकी गाउँपालिका ३ मा मंगलबार राति लु ४ त ७८३१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। उक्त दुत्घतानामा परेर बाराका सब्दुल अन्सारीको घटनास्थलमै मृत्यु स्याङ्जा प्रहरीले बताएको छ ।
बाराका २४ वर्षीय अर्जुन शाह, कलैयाका २६ वर्षीय सलाम मुदिन मन्सुरी र गढिमाईका १४ वर्षीय सिकिन्दर यादव घाइते भएका प्रहरीले जानकारी दिएको छ । साह र मन्सुरीको अवस्था गम्भिर प्रहरीको भनाइ छ । कालिगण्डकी अस्पताल मिर्मी स्याङ्जामा सामान्य उपचार पश्चात थप उपचारका लागि राति नै लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।
प्रहरीका अनुसार कालीगण्डकी–३ को बिर्घा–मिर्मी सडक खण्डको भित्री सडकमा ट्याक्टर अनियन्त्रित भएर भिरबाट झण्डै ४० मिटर तल खसेको थियो ।